इटहरीः सरकारले आजदेखि देशभर कोरोना भाइरस विरुद्धको अमेरिकी खोप जोन्सन एन्ड जोन्सन वितरण सुरु भएको छ ।

देशभरका विभिन्न खोप केन्द्रहरुमार्फत् आज बिहान १०ः०० बजेदेखि निरन्तर रुपमा खोप वितरण भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा.समीर अधिकारीका अनुसार जोन्सन एन्ड जोन्सन खोपको वितरण साउन ६ गतेसम्म जारी रहनेछ । ५० देखि ५४ वर्ष सम्मका नागरिक पहिलो प्राथमिकतामा पर्ने भएपनि पूर्ण र अति अशक्त, अपाङ्गता भएका नागरिक र नेपालमा रहेका शरणार्थीलाई भने उमेर हदका कारण खोप लगाउन नरोकिने मन्त्रालयले प्रष्ट पारेको छ ।