इटहरीः नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केपी शर्मा ओली पक्षले सुनसरीमा युथ फोर्स गठन गरेको छ ।
इटहरीस्थित पार्टी कार्यालय परिसरमा पार्टीका सुनसरी जिल्ला अध्यक्ष रेवतिरमण भण्डारीको प्रमुख आतिथ्य तथा युवा संघ केन्द्रीय कमिटी सचिव देवानन्द मेहताको विशेष आतिथ्यमा सम्पन्न बैठकले युथ फोर्सको जिल्ला कमिटी चयन गरेको हो ।
सुजन लामाको अध्यक्षतामा गठित जिल्ला कमिटीको उपप्रमुखमा विवेक राई र मिडिया फोकल पर्सनमा एमाले इटहरी वडा नम्बर ४ अध्यक्षसमेत रहेका सुनिल कार्की चयन भएका छन् । अन्य पदाधिकारीहरुको कार्य विभाजन गर्न बाँकी रहेको नवनिर्वाचित मिडिया फोकल पर्सन कार्कीले जानकारी दिए ।