इटहरीः पाँचथरको फिदिम नगरपालिका–९ लुम्फाबुङबाट प्रहरीले भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही ठाउँ घर भएका ३० वर्षीय शुक्रराज राई रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईका अनुसार प्रहरी चौकी नवमीडाँडाबाट खटिएको प्रहरी टोलीले हिजो दिउँसो लोड भएको १ थान भरुवा बन्दुकसहित राईलाई पक्राउ गरेको हो । अभियुक्त राईलाई पाँचथर जिल्ला अदालतको आदेशमा म्याद थप गरी हिरासतमा राखी विस्तृत अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।