इटहरीः सुनसरीको इटहरी उप–महानगरपालिका–१९ मा माछा मार्ने क्रममा पोखरीमा डुबेर एक जेष्ठ नागरिकको ज्यान गएको छ ।

मृत्यु हुनेमा सोही ठाउँ घर भएका ७३ वर्षीय शेरबहादुर श्रेष्ठ रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईले जानकारी दिए । उनका अनुसार हिजो बिहान ११ः१५ बजे आफ्नै पोखरीमा माछा मार्ने क्रममा अचानक सोही पोखरीमा डुबेर बेपत्ता भएका श्रेष्ठलाई प्रहरी चौकी तरहराबाट खटिएको प्रहरी टोलीले राति ११ः३० बजे मृत अवस्थामा फेला पारेको थियो । घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।