इटहरीः पाँचथरको कुम्मायक गाउँपालिका–३ तमोर करिडोर सडकखण्डमा शनिबार दिउँसो भएको मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु भएको छ ।

कार्तिकेबाट तेह्रथुमतर्फ जाँदै गरेको को २८ प ६८११ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा चालक म्याङलुङ नगरपालिका–१ का ४५ बर्षीय याम बहादुर लिम्बुको मृत्यु भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । घटना सम्बन्धमा विस्तृत अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ ।