धरानः  सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आन्दोलनरत समूहले सिट्टी जुलुस निकोलेका छन् ।

प्रतिष्ठानमा आन्दोलित संयुक्त संघर्ष समितिले हिजो सिट्टी जुलुस निकोलेको हो । दिउँसो प्रतिष्ठानको डेण्टल गेटबाट सुरु भएको जुलुस भानुचौकमा कोणसभामा परिणत भएको थियो । सरकारले भर्खरै उच्चस्तरीय कार्यदल गठन गरेपनि समस्याको समाधान नभएसम्म आन्दोलन जारी रहले आन्दोलित संघर्ष समितिले जनाएको थियो । आन्दोलनलाई हल्का ठानेर सरकारले मन्त्रालयको तर्फबाट २ सदस्यीय वार्ता टोली गठन गरेको थियो । उक्त वार्ता टोलीबाट मागको सम्बोधन नहुने भएपछि उक्त टोलीसँगको वार्ता अस्वीकार गरी आन्दोलन गरेपछि अहिले आएको नयाँ सरकारले अर्को कार्यदल गठन गरेको छ । कार्यदल गठन हुने तर कार्यदलले आफूहरुलाई वार्तामा झारा टार्ने मात्र काम हुने भएकोले अहिलेको कार्यदलसँग पनि विश्वस नरहेकोले आन्दोलन नरोकिएको आन्दोलनरत पक्षको भनाइ छ । मागको सम्बोधन नभएसम्म झरी वा बादलले आन्दोलन रोक्न नसक्ने भन्दै भारि वर्षाका बीच आन्दोलित समुह छाता ओढेर सिट्टी जुलुस लिएर निस्केका थिए । प्रतिष्ठानको डेण्टल गेट हुँदै पुतली लाइन र भानु चौक परिक्रमा गरी लोकतान्त्रिक चौतारीमा कोणसभा गरिएको थियो ।

received_344688637256224

शैक्षिक संस्था तथा स्वास्थ्य संस्थामा पदाधिकारीहरुको राजनीतिक नियुक्ति रोकिनुपर्ने संघर्ष समितिका संयोजक डा. एस.पी रिमालले कोणसभालाई सम्बोधन गर्ने क्रममा बताए । राजनीतिक नियुक्ति नै भएता पनि मापदण्ड बनाएर विज्ञ समुहको सिफारिस अनुसार पदाधिकारीहरु नियुक्तिको सिस्टम बनाउनुपर्ने माग रहेको उनले बताए । यसै क्रममा उनले उच्चस्तरीय कार्यदल गठन भएता पनि तार्किक निष्कर्षमा नपुगेसम्म आफूहरुले निरन्तर खबरदारी गरिरहने बताएका छन् । बीपी प्रतिष्ठान जस्तो संस्थालाई राजनीतिक भर्ति केन्द्र बनाउने होइन, जनताको उपचार गर्ने, विद्यार्थी बनाउने संस्था हुनुपर्ने उनको धारणा थियो । सिट्टी जुलुसलाई ऐक्यबद्धता जनाउँदै धरान नागरिक दबाब समुहले पनि जुलुसमा भाग लिएको थियो । भर्खरै गठन भएको उच्चस्तरीय समितिले प्रतिष्ठानको समस्यालाई जरैबाट उखालेर फाल्नुपर्ने दबाब समुहका संयोजक राजेन्द्र शर्माले बताए ।

received_4168861846531342

उक्त समितिले कामचलाउ तरिकाले झारा टार्ने काम गरेको खण्डमा, फितलो छानबिन गरेमा धरानवासीहरु आन्दोलन गर्न तयार रहेको पनि बताए । सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव डा.बैकुण्ठ आर्यालको संयोजकत्वमा ८ सदस्यीय उच्चस्तरिय कार्यदल गठन गरेको छ । आन्दोलित संघर्ष समितिको माग बमोजिम गठन गरिएको कार्यदल सोमबार धरान आउने बताइएको छ । गत असार १५ गते प्रतिष्ठानका पदाधिकारी र आन्दोलित पक्षका प्रतिनिधिबीच वार्ता अघि सारिएको थियो । सो वार्ताको क्रममा उपकुलपति डा. ज्ञानेन्द्र गीरीले मादक पदार्थ सेवन गरेर आएको भन्दै आन्दोलित पक्षले वार्ता बहिष्कार गरेको थियो । उपकुलपतिको मापासे जाँचको माग गर्दैै आन्दोलित पक्षले नारा जुलुस लगाएका थिए । उपकुलपति गिरीले मापासे जाँच नगराएपछि आन्दोलित पक्षले पदाधिकारीस्तरिय वार्ता नगर्ने भन्दै मन्त्रालयस्तरबाट वार्ताको लागि कार्यदलको माग गरेका थिए ।

received_335130898204041 received_328690785400624