इटहरीः साउन महिना सुरु भएसँगै नेपालमा नयाँ आर्थिक वर्ष सुरु भइसकोको छ । आर्थिक वर्ष २०७८र७९ को पहिलो दिन शुक्रबार परेकाले त्यस दिन हुन नसकेको सेयर कारोबार भोलिदेखि सुरु हुँदैछ । आर्थिक वर्षको पहिलो सेयर कारोबार सुरु हुनासाथ तीन ओटा नयाँ नियम लागु हुने भएको छ ।
कारोबारी र लगानीकर्ताको लाभकर फरक
आर्थिक अध्यादेश २०७८ मा व्यवस्था भई बजेट वक्तव्यमा समेत समेटिएको लगानीकर्ता र कारोबारीको लाभकरको फरक दर भोलिदेखि कार्यान्वयनमा आउनेछ । नयाँ व्यवस्था अनुसार सेयर खरिद गरेको ३६५ दिन पूरा नहुँदै बिक्री गर्दा ७.५ प्रतिशत पुँजीगत लाभकर भुक्तान गर्नुपर्ने भएको छ । ३६५ दिनपछि बिक्री गरिने सेयरको लाभकर भने साविक बमोजिम ५ प्रतिशत कायम रहेको छ । सेयर बिक्री गरी नाफा आर्जन गर्नेले मात्र लाभकर भुक्तान गर्नुपर्ने व्यवस्था गरिएको छ । ३६५ औँ दिनको कारोबारमा कारोबारीसरह कर लगाउन राजश्व विभागले निर्देशन दिएको छ । हाल कायम रहेको भारित औसत लाभकर गणना विधिलाई यथावत राखिने र सामुहिक लगानी कोषलाई कर नलगाउने विभागका नीति रहेको छ ।
प्रि ओपन सेसनमा सेयरको मूल्य उतारचढाव २ प्रतिशतमा सीमित
भोलिदेखि सुरु हुने नयाँ आर्थिक वर्षको सेयर कारोबारमा धितोपत्र कारोबार सञ्चालन विनियमावली (दोस्रो संशोधन) २०७८ लागु हुनेछ । जस अनुसार प्रि ओपन सेसनमा सेयरको मूल्यमा अधिकतम २ प्रतिशतको मात्र उतारचढाव रहनेछ । हाल १०स्३० देखि १०स्४५ सम्म प्रि ओपन सेसनको कारोबार हुने गरेकोमा नयाँ व्यवस्थाले अस्वभाविक उतारचढाव नियन्त्रणमा आउनेछ ।
टिक साइज परिवर्तन
त्यस्तै साउन ३ देखि न्युनतम मुल्य परिवर्तन सीमा १ रुपैयाँबाट घटेर १० पैसा कायम हुने छ । लगानीकर्ताले १० पैसा वा १० ले भाग जाने मूल्यमा कारोबार गर्न सक्नेछन् । यो व्यवस्थाले कारोबारलाई प्रतिस्पर्धात्मक बनाउनेछ । सेयर कारोबारमा लाग्ने रकम रुपैयाँमा मात्र हिसाब गरिँदै आएकोमा यो व्यवस्था लागु भएपछि पैसाको पनि हिसाब देखाउन सकिनेछ ।