इटहरीः कोरोना भाइरसको महामारीबाट बचाउन नेपाललाई १८ लाख डोज भेरोसेल खोप उपलब्ध गराएको चीन सरकारले थप १६ लाख डोज अनुदान दिने भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवासँग प्रधानमन्त्री निवास बालुवाटारमा भएको शिष्टाचार भेटका क्रममा चिनियाँ राजदूत हाउ याङकीले चीन सरकारले नेपाललाई कोरोना भाइरस विरुद्धको १६ लाख डोज खोप अतिरिक्त अनुदान सहायता उपलब्ध गराउने निर्णय गरेको जानकारी दिइन् ।

चीन सरकारले नेपाललाई खोप तथा अन्य विविध सहायता उपलब्ध गराई कोरोना महामारीसँग लड्न मद्दत गर्ने राजदूत याङ्कीको भनाइ थियो । शिष्टाचार भेटका क्रममा नेपाल र चीन बीचको द्विपक्षीय हितका विविध विषयहरुउपर छलफल हुनुका साथै प्रधानमन्त्री देउवाले सहयोगका लागि राजदूत याङ्कीलाई धन्यवाद दिएका थिए ।

 

china vaccine aid.