इटहरीः तेह्रथुमको मेन्छ्यायेम गाउँपालिकास्थित खोरङ्वा खोलामा सेल्फी खिच्ने क्रममा एक किशोरी बेपत्ता भएकी छन् ।

बेपत्ता हुनेमा तेह्रथुमकै फेदाप गाउँपालिका वडा नं. ४ घर भएकी १७ वर्षीया सपना लिम्बू रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईका अनुसार माथिल्लो खोरूङ्गा हाइड्रो पावरको च्याम्बर छेउबाट खोलामा डुबी बेपत्ता भएकी लिम्बूको खोजी कार्य जारी रहेको छ ।

बहिनी युनिसाका साथ मेन्छ्यायेम १ पौठाकमा पर्ने मावलीतर्फ जाने क्रममा उनलाई खोलाले बगाएको हो । उनीसँगै रहेकी बहिनी पनि खोलामा डुबेकोमा स्थानीयले तत्काल उनको सकुशल उद्धार गरेको प्रहरीले जनाएको छ ।