इटहरीः झापाको भद्रपुर नगरपालिका–३ बाट अवैध लागूऔषध ब्राउनसुगरसहित १ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा झापाको बिर्तामोड नगरपालिका–३ का २२ बर्षीय चन्दन रजक रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईका अनुसार अभियुक्त रजकलाई सीमा प्रहरी चौकी पृथ्वीनगरको टोलीले हिजो अपराहन्न ४ः३० बजे देउनिया पुल छेउबाट पक्राउ गरेको हो । पक्राउ परेका अभियुक्त रजकका साथबाट १२ ग्राम ४५० मिलिग्राम ब्राउनसुगर बरामद भएको एसपी राइले बताए ।

अभियुक्त रजकउपर जिल्ला अदालत झापाको आदेशमा लागूऔषध नियन्त्रण ऐन २०३३ अनुसार कारबाहीका लागि अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।