इटहरीः सानिमा लाइफ इन्स्योरेन्स र मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले एकैसाथ आईपीओ निष्कासनको अनुमति प्राप्त गरेका छन् ।

जेठ ९ गते सेयर निष्कासनको अनुमतिका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको सानिमा लाइफ र वैशाख १३ गते निवेदन दर्ता गराएको मानुषी लघुवित्तले एकैसाथ अनुमति प्राप्त गरेका हुन् । हिजो बसेको बोर्डको बैठकले दुवै निवेदनमाथि छलफल गर्दै सेयर निष्कासनको अनुमति दिने निर्णय गरेको बोर्डका एक अधिकारीले जानकारी दिए । अनुमति पाएसँगै सानिमा लाइफ इन्स्योरेन्सले एक सय दरका ६० लाख कित्ता सेयर निष्कासन गर्ने तयारी सुरु गरेको छ भने मानुषी लघुवित्तले एक सय रुपैयाँ दरका तीन लाख ९३ हजार सात सय ५० कित्ता सेयर निष्कासन गर्ने भएको छ । मानुषी लघुवित्तको कुल सेयर लगानी तीन करोड ९३ लाख ७५ हजार रुपैयाँ रहेको छ ।