इटहरीः केन्द्रीय बैँकको रुपमा रहेको नेपाल राष्ट्र« बैँकले नेपाल राष्ट्र बैँक नाम गरेको मोबाइल एप सार्वजनिक गरेको छ । 

बैँकका सूचना सरल रुपमा सर्वसाधारणमा पुर्याउने हेतुले मोबाइल एपको अवधारणा ल्याइएको बैँकले जनाएको छ । हालको निम्ति बेटा भर्सनमा उपलब्ध उक्त एपको नेपाल राष्ट्र बैँककी डेपुटी गभर्नर डा. निलम ढुङ्गाना तिमल्सिनाले बुधबार भर्चुरल माध्यमबाट उद्घाटन गरिन् । एपमा बैँकको वेबसाइटमा राखिने सूचना, जानकारी, विदेशी विनिमय दर, विभिन्न अध्ययन प्रतिवेदन तथा तथ्याङ्कहरु राखिने बैँकले जानकारी दिएको छ ।