इटहरीः झापाको भद्रपुर नगरपालिका ६ मा पानी सर्किएर एक युवकको ज्यान गएको छ ।
मृत्यु हुनेमा स्थानीय २४ वर्षीय अर्पण श्रेष्ठ रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईका अनुसार आज बिहान ७ः३० बजे आफ्नै घरमा गिलासबाट पानी पिउने क्रममा एक्कासी पानी सर्किएर बेहोस भएका श्रेष्ठलाई उपचारार्थ भद्रपुरस्थित मेचि अस्पताल पठाइएकोमा उपचारका क्रममा बिहान ८ः४५ बजे उनको मृत्यु भएको हो । घटनाबारे जानकारी पाएलगत्तै परिचालित प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको जनाइएको छ ।