इटहरीः मोरङको विराटनगरस्थित बसपार्क चोकमा सञ्चालित चिया पसलभित्र एक महिलाको शव फेला परेको छ ।

आज मध्यान्न १२ः०० बजे चिया पसलभित्र घोप्टो परेको अवस्थामा ४० वर्षीया सीता राजवंशीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी नायबउपरीक्षक (डीएसपी) दीपक श्रेष्ठका अनुसार घटनाको जानकारी पाएलगत्ते परिचालित प्रहरीले महिलाको शव पोस्टमार्टमका लागि विराटनगरकै कोसी अस्पताल पठाएर घटनाबारे विस्तृत अनुसन्धान सुरु गरेको छ ।