इटहरीः इटहरी उपमहानगरपालिका वडा न २ आयुर्वेद टोलस्थित माया घर नेपालमा आश्रित मानिसहरुमध्ये २८ जनाको कोभिड १९ परीक्षण गर्दा ४१ जनामा कोरोना संक्रमण देखिएको छ ।
यसअघि कोभिड १९ संक्रमणसँग मिल्दोजुल्दो लक्षणहरु देखा परेपछि इटहरी उपमहानगरपालिका, स्वास्थ्य शाखाबाट ५० जनाको कोभिड परीक्षण गर्दा ३६ जनाको रिपोर्ट पोजेटिभ आएकोमा थप पाँच जनामा संक्रमण पुष्टि भएपछि संक्रमितको संख्या ४१ पुगेको हो । कोरोनाको नयाँ भेरियन्टको संक्रमण भए नभएको पत्ता लगाउन जीन सिक्वेन्सिङको लागि जनस्वास्थ्य प्रयोगशाला र विश्व स्वास्थ्य संगठन ( डव्लु एच ओ ), हेल्थ इमर्जेन्सी टिम विराटनगरमार्फत् संक्रमित ५ जनाको नमुना पठाइएको इटहरी अस्पतालका प्रशासन प्रमुख रामकुमार धमलाले जानकारी दिए ।
हाल सबैको अवस्था सामान्य र सुधारोन्मुख रहेको उनको भनाइ छ । माया घरमा कलष्टरमा केस देखिएकोले प्रारम्भिक अवस्थादेखि नै इटहरि अस्पताल, स्वास्थ्य शाखा र डव्लु एच को टोलीले अनुगमन गरिरहेको छ ।