इटहरीः त्रिभुवन विश्वविद्यालयले २०७७ सालमा सञ्चालित व्यवस्थापन संकायको स्नातक तह चौथो वर्ष बीबीएस तर्फको परीक्षाफल आज सार्वजनिक गरेको छ ।

गत वर्षको मंसिर र पुसमा सञ्चालित परीक्षाको नतिजा विश्वविद्यालयको केन्द्रीय परीक्षा सञ्चालक समितिले प्रकाशन गरेको हो । परीक्षाको नतिजा हेर्नका लागि विश्वविद्यालयको आधिकारिक वेबसाइट ‘डब्ल्यू डब्ल्यू डब्ल्यू डट टीयूएक्जाम डट ईडीयू डट एनपी’ लग इन तथा 4BBS टाइप गरी एक स्पेस दिँदै सिम्बल नम्बर टाइप गरी ३३६२४ मा एसएमएस गर्न सकिने त्रिविको सूचनामा उल्लेख छ ।

BBS-4th-year