इटहरीः नेपाल सरकारले सार्वजनिक सवारीको भाडादरमा वृद्धि गरेको छ ।
सार्वजनिक सवारी साधनको भाडादर २०७२ सालदेखि यथावत रहेकोमा यात्रुवाहक सवारीको भाडा २८ प्रतिशत वृद्धि गर्ने निर्णय गरिएको यातायात व्यवस्था विभागले जनाएको छ । हिजोदेखि नै लागु भएको नयाँ भाडादर अनुसार मालवाहक सवारीमा भने पहाडी रुटमा २० प्रतिशत र तराईको रुटमा २६ प्रतिशत वृद्धि गरिएको विभागको सूचनामा उल्लेख छ ।