इटहरीः मोरङ रंगेली–५ आँपगाछी टोल स्थितमा बस्ने ४ जनालाई नवजात शिशुको हत्यामा संलग्न रहेको अभियोगमा पक्राउ गरिएको छ ।

पक्राउ पर्नेहरुमा रंगेली नगरपालिका–५ आँपगाछी टोलका २५ वर्षीया खुस्वु मण्डल, उनकै बुबा ५० वर्षीय नागेश्वर मण्डल, उनकै आमा ४८ वर्षीय उर्मिला मण्डल र उनकै श्रीमान २८ वर्षीय अरुण मण्डल रहेका छन् । गत आइतबार राति खुस्वुले छोरीलाई जन्म दिई ब्ल्याँग्केटले घाँटी थिची हत्या गरी उनकै आमा बुवाले सञ्चालन गर्दै आएको रंगेली नगरपालिका–५ चाँदनी चोकस्थित मदिरा पसलभित्र खाल्डो खनी गाडेको अनुसन्धानको क्रममा खुल्न आएपछि उनीहरु चारै जनालाई मंगलबार इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

घटनामा चारै जनाको संलग्नता रहेको अनुसन्धानकै क्रममा खुल्न आएकोले उनीहरुउपर कर्तव्य ज्यान कसुरमा जिल्ला अदालत मोरङबाट ५ दिन म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।