धरानः सुनसरीको धरानमा सर्दु खोलाबाट भारी वर्षाका कारण हुने जोखिम न्यूनीकरण गर्न धरान उपमहानगरपालिका ११ वडाका वडाध्यक्ष बाबुलाल लामाको पहलमा ४० थान तारजाली उपलब्ध गराइएको छ ।

धरान ११ को सगरमाथा खेलमैदाननजिक सर्दु खोलाबाट हुने जोखिमलाई मध्यनजर गर्दै जलस्रोत तथा सिँचाइ विभाग डिभिजन इनरुवाबाट तारजाली उपलब्ध गराएको वडा अध्यक्ष लामाले जानकारी दिए । उपभोक्ता समितिका पदाधिकारीहरुको उपस्थितिमा लामाले तारजाली वितरण गरेका हुन् । त्यहाँ बस्ति नजिकै भएका कारण बस्तिको समेत संरक्षण गर्न आफू लागिपरेको अध्यक्ष लामाले बताए । जोखिम वा आपतको बेला सगरमाथा खेल मैदानलाई उपयोग गर्न सकिने भन्दै सो मैदानको संरक्षण गरिरहेको अध्यक्ष लामाले बताए ।

IMG20210714092012

 

धरानको सर्दु खोलाले छुने बस्तिहरु निकै बाक्लो रहेका छन् । विशेषगरी सुकुम्बासी बस्ति रहेको ठाउँहरु वर्षाका कारण निकै जोखिममा पर्ने गरेका छन् । करिडोर निर्माणको विषयलाई लिएर निकै आलोचना भएको सर्दु खोलामा स्थानीय सरकारले निभाएको अभिभावकको जिम्मेवारीदेखि सबै स्थानीय खुसी हुँदै श्रमदान गर्नसमेत लागिपरेका छन् ।

IMG20210714091949 IMG20210714091421