इटहरीः उदयपुरको त्रियुगा नगरपालिकास्थित मुसहर टोलमा चट्याङले लागेर दुई महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ललिता सदा र फूलकुमारी सदा रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईका अनुसार हिजो साँझ खेतमा काम गरिरहेको अवस्थामा चट्याङ लागेपछि दुवै महिला गम्भीर घाइते भएका थिए । घाइतेहरुलाई उपचारार्थ उदयपुर जिल्ला अस्पताल लगिएकोमा उपचारका क्रममा दुवै जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।