इटहरीः मोरङको बेलबारी नगरपालिका–१० स्थित भाउन्नेमा हिजो साँझ ७ः३० बजे घाइते अवस्थामा फेला परेका पुरुषको उपचारका क्रममा ज्यान गएको छ ।

मृत्यु हुनेमा पहिचान खुल्न नसकेका अन्दाजी ३५ वर्षीय पुरुष रहेको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी नायबउपरीक्षक (डीएसपी) सुमन तिम्सिनाका अनुसार महेन्द्र राजमार्गमा नम्बर नखुलेको सवारीसाधनको ठक्करबाट गम्भीर घाइते भएका पुरुषलाई उपचारार्थ नोबेल सामुदायिक अस्पताल लगिएकोमा केही बेरको उपचारपछि उनको ज्यान गएको हो । मृतक पहिचान खुलाउने र दुर्घटना गराउने सवारीको खोजी गर्ने कार्य जारी रहेको प्रहरीले जनाएको छ ।