इटहरीः सर्वोच्च अदालतले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार खारेज गरेर प्रतिनिधिसभा पुनःस्थापना र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेपछि यसको चर्चा नेपाली सीमाबाहिर पनि भएको छ ।

नेपालको बारेमा अधिक अफवाह फैलाउन माहिर छिमेकी देश भारतका सञ्चार माध्यममा सर्वोच्च अदालतले ओलीलाई ‘बडा झड्का’ दिएको भन्दै समाचार प्रकाशीत भएका छन् । इन्डिया टेलिभिजनले सञ्चालन गरेको इन्डिया टिवी इन नामक अन्लाइनमा यस प्रकारको समाचार प्रकाशन गरिएको हो । समाचार एजेन्स् पीटीआईका अनुसार सर्वोच्च अदालतले ५ महिनामा दोस्रो पटक भंग गरिएको संसदलाई पुनःस्थापित गरेको समाचारमा उल्लेख गरिएको छ । 'प्रधान न्यायाधीश चोलेंद्र शमशेर राणा की अध्यक्षता वाली पीठ ने पिछले हफ्ते इस मामले में सुनवाई पूरी की थी । पीठ में उच्चतम न्यायालय के चार अन्य वरिष्ठतम न्यायाधीश– दीपक कुमार करकी, मीरा खडका, इश्वर प्रसाद खातीवाड़ा और डा‘.आनंद मोहन भट्टाराई – शामिल हैं’, भन्दै समाचार लेखिएको छ । यस्तै अनिश्चिताकै बीचमा अघिल्लो हप्ता निर्वाचन आयोगले चुनावको मिति घोषणा गरेको समाचारमा उल्लेख छ । यस्तै सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन आदेश जारी गरेको पनि समाचारमा उल्लेख छ ।