इटहरीः मोरङको मिक्लाजुङ गाउँपालिका ६ स्थित बेतनी सिमसारको पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सोही गाउँपालिका ३ का ५० पर्षीय आशबहादुर लिम्बू रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) जनार्दन जीसीका अनुसार हिजो अपराहन्न ३ः३० बजे माछा मार्न भन्दै पोखरीमा पसेका लिम्बू बेपत्ता भएका थिए ।
घटनालगत्तै उद्धारका लागि परिचालित नेपाली सेनाको गोताखोर टोलीले सोही दिन साँझ लिम्बूको शव फेला पारेको एसपी जीसीले बताए । इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले घटनाको विस्तृत अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।