इटहरीः झापाको बिर्तामोड नगरपालिका ५ स्थित पूर्वपश्चिम राजमार्गको सुगम पेट्रोल पम्पनजिकै एक युवतिको शव फेला परेको छ ।

शव फेला पर्नेमा आफन्तको घरमा बस्दै आएकी २५ वर्षीय सृजना बस्नेत रहको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी नायबउपरीक्षक (डीएसपी) राकेश थापाका अनुसार सानिमाको घरमा सपरिवार बस्दै आएकी सृजना अर्धनग्न अवस्थामा मृत भेटिएकी हुन् । घटनाबारे जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय झापा र प्रदेश प्रहरी कार्यालयको अनुसन्धान समूह घटनास्थलमा परिचालित भई अनुसन्धान सुरु गरेको छ । घटनाबारे मृतक युवतिका आफन्तसँग प्रारम्भिक जानकारी लिई विस्तृत अनुसन्धान सुरु गरिने प्रहरीले जनाएको छ ।