इटहरीः मोरङको धनपालथान गाउँपालिका ३ स्थित मायागञ्जबाट प्रहरीले तस्करसँग पैसा असुल्ने धन्धामा संलग्न नक्कली सशस्त्र प्रहरीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मोरङकै रङ्गेली नगरपालिका २ घर भएका २० वर्षीय मनिष राय रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) जनार्दन जीसीका अनुसार सीमा प्रहरी चौकी मायागञ्जबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी अभियुक्त रायलाई इलाका प्रहरी कार्यालय रङ्गेलीको जिम्मा लगाएको छ । अभियुक्त राय सीमावर्ति क्षेत्रका स्थानीयहरुसँग आपू्mलाई सशस्त्र प्रहरीको घुमुवा बताई धम्कीपूर्वक रकम असुली गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट पुष्टि भएको एसपी जीसीको भनाइ छ ।

तर, कुनै व्यक्तिबाट पैसा असुल गरेको भने हालसम्म पुष्टि नभएकाले रायउपर अभद्र व्यवहार मुद्दामा कारबाहीका लागि जिल्ला अदालतको आदेशमा हिरासतमा राखी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।