मुग्लिनः पहिरोका कारण आज (सोमबार) बिहानदेखि नारायणगढ–मुग्लिन सडक अवरुद्ध बनेको छ ।

चितवन प्रहरीका का अनुसार यस सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–६ कालीखोलामा सुक्खा पहिरो खसेपछि बिहान ४ः४५ बजेदेखि सडक दुईतर्फी अवरुद्ध बनेको हो । अहिले पनि पहिरो खसिरहेको चितवन प्रहरीका प्रवक्ता डिएसपी सूर्यबहादुर थापाले जानकारी दिए । उनका अनुसार पहिरो हटाएर सडक पूर्ण रूपमा सञ्चालनमा ल्याउन समय लाग्नसक्छ । -रासस