इटहरीः सुनसरीको धरान उपमहानगरपालिका ११ न वडा कार्यालय को बालबालिका लक्षित कार्यक्रमअन्तर्गत अनन्त शिक्षा ज्योति आधारभूत विद्यालयलाई एउटा एलईडी टिभी र दलित विकास समिति धरान ११ का तर्फबाट १० जना विपन्न दलित विद्यार्थीहरुलाई शैक्षिक सामग्री प्रदान गरिएको छ ।

आज धरान उपमहानगरपालिका ११ न वडा कार्यालयमा बिधालयका प्रधानाध्यापक सुजन किरातिलाइ उक्त सामग्रीहरु वडाध्यक्ष बाबुलाल लामाले हस्तान्तरण गरेका थिए । अवइ कम्पनीको ३२ इन्चको एलईडी टिभी बालबालिका लक्षित कार्यक्रमअन्तर्गत वडाले उपलब्ध गराएको हो । दलित विकास समितिअन्तर्गत शैक्षिक सामग्रीमा १० जनालाई प्रतिविद्यार्थी १ दर्जन कापी, १ प्याकेट पेन्सिल, ५ थान डट पेन, एउटा ब्याग र एउटा जमेट्री बक्स प्रदान गरिएको हो । दलित विकास समितिअन्तर्गत अझै १६ जना विपन्न दलित विद्यार्थीहरुलाई शैक्षिक सामग्री उपलब्ध गराउने समितिका अध्यक्ष एवम् वडा नम्बर ११ का महिला जनप्रतिनिधि संगीता लोहनीले जानकारी दिइन् ।

वडाको आर्थिक वर्ष २०७८÷८९ आगामी बजेटबाट विद्यालयको लागि कम्प्युटर र प्रिन्टरसमेत उपलब्ध गराउने वडाध्यक्ष लामाले जानकारी दिए ।