इटहरीः सुनसरीको इटहरी–१ का २४ वर्षीय रबिन चौधरीको हत्यामा संलग्न भई फरार रहेका इटहरी–२ का ३१ वर्षीय उमेश श्रेष्ठलाई प्रहरीले पक्राउ गरी कारागार चलान गरेको छ ।
२०६५ साल पौष १ गते रबिन चौधरीको इटहरी–५ स्थित संगम चोकमा धारिलो हतियार प्रहारबाट मृत्यु भएको थियो । घटनाको अनुसन्धान तथा फरार रहेका प्रतिवादीहरुको खोजतलासलाई अभियानकै रुपमा तिब्रता दिइएसँगै रबिनको हत्यामा संलग्न भई फरार रहेका उमेशलाई हिजो १ नम्बर प्रदेश प्रहरी कार्यालय(प्रादेशिक अनुसन्धान समुहबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको १ नम्बर प्रदेश प्रहरी प्रवक्ता (एसपी) नवीनराज राईले जानकारी दिए ।
पक्राउ परेका अभियुक्त श्रेष्ठलाई सुनसरी जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भई २० बर्ष कैद भुक्तानीका लागि क्षेत्रीय कारागार झुम्का पठाइएको प्रहरीले जनाएको छ ।