इटहरीः ताप्लेजुङको मैवाखोला गाउँपालिका–३ मा करेन्ट लागेर १३ वर्षीय बालकको ज्यान गएको छ ।

मृत्यु हुनेमा स्थानीय लाक्पा शेर्पाका छोरा सबिन शेर्पाको रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईका अनुसार हिजो शनिवार बिहान घर नजिकै खेतमा ढलिरहेको बिजुलीको तारमा छुँदा करेन्ट लागेर बालकको घटनास्थलमा नै मृत्यु भएको हो । घटनाको जानकारी पाएलगत्तै परिचालित प्रहरीले अनुसन्धान सुरु गरेको कार्यालयले जनाएको छ ।