मधुमेहको समस्या भएका मानिसमा केही लक्षण नदेखिने वा विभिन्न लक्षण देखिने हुनसक्छ । रगतमा चिनीको मात्रा बढ्दा पटक–पटक पिसाब लाग्ने, धेरै भोक लाग्ने, थकानलगायत लक्षण देखिने हुन्छ । साथै, यसले मौखिक स्वास्थ्य समस्याहरू पनि निम्त्याउन सक्छ । एक व्यक्तिको मौखिक स्वास्थ्यले रगतमा चिनीको मात्रासहित समग्र स्वास्थ्यको बारेमा धेरै कुराको जानकारी दिन सक्छ ।

मुख सुक्खा हुुनु वा धेरै तिर्खा लाग्नु टाइप १ र २ मधुमेहको सामान्य र प्रारम्भिक लक्षणमध्ये एक हो । रगतमा चिनीको मात्रा अनियन्त्रित हुँदा किन मुख सुक्खा हुन्छ वा पानीको प्यास बढी लाग्छ भन्ने थाहा पाउन सकिएको छैन । मधुमेहको समस्या भएकामा खस्रो वा जिव्रो सुक्खा हुने, बोल्न चपाउन तथा निल्न समस्या हुनु, ओठ फुट्ने समस्या हुने, मुखमा घाउ आउने हुनसक्छ ।

सुक्खा मुखले दाँत वरपर र गिजामुनि ¥यालको उत्पादनलाई असर गर्छ । नतिजास्वरूप, शरीरमा चिनीको मात्रा बढ्ने, किटाणु र प्लेगको विकास हुन थाल्छ । जसले गिजाको रोग, दाँतमा क्षति निम्त्याउनुको साथै दाँत झर्ने हुनसक्छ । शरीरमा चिनीको मात्रा नियन्त्रण नभएको अवस्थामा गिजाको रोग बढी देखिन्छ । र गिजाको रोग भएको रगतमा चिनीको मात्रा बढी हुन्छ भन्ने सङ्केत हुनसक्छ ।

रातो, सुन्निएको गिजा, गिजाबाट रगत आउने, संवेदनशील वा कमजोर दाँत, मुख तथा सास गनाउने, नराम्रो स्वाद आउने गिजाको रोग लागेमा देखिने लक्षण हुन् । गिजाको समस्या भएको मधुमेह रोगीहरूले दाँत गुमाउन पनि सक्छ । गिजाको वरिपरि प्लेग बनिने हुँदा दाँत कमजोर भइ झर्न सक्छ । अनुसन्धानका अनुसार मधुमेह रोगीहरूले अन्य रोगबाट पीडितहरूको तुलनामा दाँत गुमाउने जोखिम दुई गुणा बढी हुन्छ ।

मुखमा स्वास्थ्यको ख्याल नगर्ने तथा बुढेसकालमा जोखिम थप बढी हुन्छ । दाँत झर्न लाग्दा गिजा सुन्निने, दाँत दुख्ने जस्ता सामान्य लक्षण देखिन सक्छ । -टाइम्स अफ इन्डियाबाट