इटहरीः मोरङको झोराहाटका कवि गण्डकीपुत्रले आफ्ना मातापिताको नाउँमा पाँच लाख रुपैयाँको अक्षयकोष खडा गरी वार्षिक रूपमा प्रदान गरिनेगरी २५ हजार रुपैयाँको धनलक्ष्मी यशोदा वाङ्ममय पुरस्कारको घोषणा गरेका छन् ।

यसैगरी, सामजसेवी टीकाप्रसाद खतिवडाले पनि आफ्ना मातापिताको नाममा पाँच लाख रुपैयाँको अक्षयकोष निर्माण गरी वार्षिक रूपमा प्रदान गरिनेगरी २५ हजार रुपैयाँको “रामप्रसाद कौशीला खतिवडा प्रतिभा पुरस्कार” को घोषणा गरेका छन् ।

212081704_410000060263397_978833269273289092_n

भाषाविद् प्रा.डा.टंक न्यौपानेको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा सांसद खेम नेपाली, प्रा.डा. भीम खतिवडा, वरिष्ठ गजलकार मधु पोखरेल, कवि टीका आत्रेय, कवि बद्री भिखारी, कवि, समालोचक मिश्र बैजयन्ति, कवि लोचन रिजाल, खगिन्द्रा खुसी, जीविका अश्रु, रामबाबु दाहाल, राजेश थापा, बद्री पहाडी, लेखनाथ घिमिरे, उमेश लुइँटेल, सरला चापागाईं, रमेशचन्द्र अधिकारी, कृष्ण उदासी लगायतको उपस्थिति रहेको थियो ।