इटहरीः राष्ट्रिय आविस्कार केन्द्रका सँस्थापक महावीर पुन अमेरिकामा सम्मानित भएका छन् ।
एक महिनादेखि अमेरिका म्रमणम रहेका पुनलाई त्यहाँस्थित ओहायो राज्यको चिलिकथी र रेनोल्ड्सबर्ग शहरका मेयरहरुले सम्मान गरेका हुन् । ल्युक एम फिनीले अफिस अफ द मेयर प्रोक्लामेसन अर्थात् नगर प्रमुखको कार्यालयको घोषणा शीर्षकको प्रमाणपत्रबाट पुनलाई सम्मान गरेका हुन् भने रेनोल्डसबर्ग शहरका नगरप्रमुख जो बेगेनीले अफिस अफ द रिकग्निसन अफ महावीर पुन लिखित प्रमाणपत्रसहित पुनलाई सम्मान गरेको हो । त्यहाँस्थित नेपाली समुदायका विद्यार्थीहरुलाई विज्ञान प्रविधिबारे प्रवचन दिन अमेरिका पुगेका पुनले अमेरिकाबाट राष्ट्रिय आविस्कार केन्द्रका लागि आर्थिक सहयोगसमेत पाएका छन् ।
यसका साथै त्यहाँका नेपाली समुदायले बौद्धिक सहयोगको प्रतिबद्धतासमेत पुनसमक्ष प्रकट गरेका छन् । सामाजिक अभियन्ता सन्तोष सापकोटाको पहलमा अमेरिका भ्रमण गरेका पुनले हाल सम्म ६.५ करोड पर्ने ५५ वटा वायु प्रवाहक (भेन्टीलेटर )सहित अन्य आर्थिक संकलन गर्दै करिब १० करोडको सहयोग नेपाल ल्याउने अनुमान गरिएको छ । पुन गत जुलाई ६ मा सम्मानित भएका हुन् ।