इटहरीः झापाको अर्जुनधारा नगरपालिका ५ स्थित एक घरमा करेन्ट लागेर इलामका एक पुरुषको ज्यान गएको छ ।

मृत्यु हुनेमा इलाको सन्दकपुर २ घर भई हाल झापाको बिर्तामोड १ मा बस्दै आएका ३८ वर्षीय आयुष राई रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नवीनराज राईका अनुसार घरमा छत ढलान गरी ढलानको भाईबरेटर मेसिनको तार फुस्काउने क्रममा करेन्ट लागेर उनको ज्यान गएको हो । घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय अनारमनीबाट परिचालित प्रहरीले विस्तृत अनुसन्धान सुरु गरेको जनाइएको छ ।