देश निसासिरहेको छ
उकुस मुकुस भएर
देश गुम्सिएको छ
खै कतैबाट
न हावा आउँछ ।
न त तातो बाफ जाने
निकास नै !

प्राणीहरु मात लागेझैँ भई
टोलाइरहेका छन्
बाफिएर पहेँलो अनुहार
छटपट गर्दैछ ।
महामारी फैलिएर
देश युगान्डा बन्दैछ
उफ् !
चित्कार सुरु भयो
कस्तो करुणामयी१
किन मेघ गर्दँदैन ?
वायु चल्दैन ?

सायद प्रकृति रित्तिएछ
समय हिटलरको अनुकूल बन्दैछ
देश ग्यासच्याम्बरमा परिणत भइरहेछ
देश निसासिएको छ ।

(यो कविता कवि उप्रेतिको २०५३ साल चैत्र महिनामा प्रकाशित आजका स्वरहरु नामक कृतिबाट लिइएको हो । कवि उप्रेति यसबेला क्यानडामा रही नेपाली साहित्यको उत्थानमा सक्रिय छन् । )