इटहरी: होटल व्यवसायी संघ इटहरीको अध्यक्षमा जीनव पराजुली पुनः निर्वाचित भएका छन् ।

शुक्रबार भएको ११ औँ साधारण सभाबाट उनी पुनः निर्वाचित भएका हुन् । उनीसँगै २१ सदस्यीय नयाँ समिति गठन भएको छ । संघको वरिष्ठ उपाध्यक्षमा नवराज काफ्ले, उपाध्यक्षहरु प्रकाश महतो, पुनम थापामगर र कृष्ण निरौला निर्वाचित भएका छन् । यस्तै संघको महासचिवमा जय प्रकाश उपाध्याय, सचिवमा आरोन कार्की, कोषाध्यक्षमा बाबुराम गिरी र सह कोषाध्यक्षमा टिकाबहादुर कटुवाल रहेका छन् । 

यस्तै, साधारण सभाबाट रुपा कार्की, दामोदर बिडारी, नविन चौधरी, शिव तामाङ, बिनोद गुरुङ, कृष्ण पराजुली, राजु श्रेष्ठ , विशाल प्रधान, प्रमोद थापा, ख्यामराज राई, खेमराज घिमिरे र गंगाबहादुर पुरी सदस्यमा निर्वाचित भएका छन् । निर्वाचित भएपश्चात् अध्यक्ष पराजुलीले अघिल्लो कार्यकालमा कोरोना महामारीको प्रभावले सोचेको काम गर्न नसकेको भन्दै यो कार्यकालमा व्यवसायीको हकहित संरक्षणमा लागिपर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।