इटहरीः संखुवासभा खाँदबारी नगरपालिका १ तिलार नयाँबस्तिका २४ वर्षीय मुकेश तामाङले चिचिला गाउँपालिका २ घर भई हाल सोही स्थानमा दिदीको घरमा बस्दै आएका २६ वर्षीय पेमा शेर्पालाई खुकुरी प्रहार गरेर हत्या गरेका छन् ।
आज बिहान ९ बजे मृतकको घरदेखि अन्दाजी ५०० मिटर दक्षिण खोल्सीमा उनको शव फेला परेको जानकारी प्राप्त हुन साथ जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट प्रहरी टोली खटी गई मुकेश तामाङलाई नियन्त्रणमा लिइएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईका अनुसार पुरानो रिसईबीको कारण आज बिहान ०२ः०० बजे आफ्नो घरमा आएका पेमा शेर्पालाई मुकेशले खुकुरी प्रहार गरी गम्भिर घाइते बनाई छोडेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । अभियुक्त तामाङलाई हिरासतमा लिई अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।