इटहरीः ओखलढुङ्गाको खिजिदेम्बा गाउँपालिका ८ कास्पुकी ४३ वर्षीया पासाङ फुरी शेर्पाको लडेर मृत्यु भएको छ ।
गएराति ९ः३० बजे छिमेकीको घरबाट फर्कने क्रममा बाटोबाट अन्दाजी १२ फिट तल झरी घाइते भएको अवस्थामा उनलाई स्थानीयले फेला पारेका थिए । स्थानीयले बोकेर घरतर्फ लैजाने क्रममा बाटैमा ज्यान गएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईका अनुसार घटनाको जानकारी पाएलत्तै प्रहरी चौकी रावादोलु र जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट प्रहरी टोली खटी गई घटनाबारे अनुसन्धान सुरु गरेको छ ।