इटहरीः उदयपुरको ताप्ली गाउँपालिका ५ डुढेस्थित सडकखण्डमा कटारीबाट रुपाटारतर्फ जाँदै गरेको प्र २–०१–००–१ च–००५० नम्बरको बोलेरोले किचेर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सोही गाडीमा सवार रहेका सोही स्थान बस्ने २५ वर्षीय रमेश नेपाली रहेका छन् । आज बिहान २ः०० बजे सो स्थामा उकालो चढ्न नसकी चिप्लिन गई ब्याक हुदाँ उक्त गाडीमा सवार मानिसहरु ओर्लने क्रममा रमेश नेपालीलाई किचेर गम्भिर घाइते बनाएको थियो । घाइतेलाई तत्काल उद्धार गरी कटारी अस्पताल पु¥याउँदा मृत्यु भइसकेको अस्पतालले जनाएको छ । गाडी प्रहरी चौकी रुपाटारको नियन्त्रणमा रहेको छ भने चालक सोही स्थानका ३० वर्षीय ईश्वर श्रेष्ठ फरार रहेकाले खोजतालस जारी रहेको १ नम्बर प्रदेश प्हरी कार्यालय विराटनगरले जनाएको छ ।