इटहरीः मोरङको विराटनगर महानगरपालिका २ की एक महिलाले आफ्ना श्रीमानको काजकिरिया आफैँले गरेकी छन् ।
श्रीमानको काजकिरिया गर्ने महिला कल्याणी कोइराला हुन् । उनले आफ्ना श्रीमान शिवप्रसाद कोइरालाको मुटुको समस्याका कारण मृत्यु भएको र छोरा दृष्टिविहीन भएकाले आफैँ श्रीमानको किरियापुत्री बनेकी हुन् । छोरा अशक्त रहेपनि दाजुभाइले किरिया गर्न सक्ने सुझाव आफन्तले दिएपनि कल्याणीले साहसका साथ आफैँ किरिया गरेको महिला अधिकारकर्मी सरिता अधिकारीले बताइन् । हिन्दु सँस्कृति अनुसार पिताको काजकिरिया पुत्रले गर्नुपर्ने परम्परा रहेकोमा कल्याणीले पितृसत्तात्मक परम्परालाई चुनौति दिन भन्दै आफैँ किरिया बसेकी हुन् । उनका श्रीमानको गत असार १४ गते मृत्यु भएको थियो ।