इटहरीः सप्तरीको सम्भुनाथ नगरपालिका–३ मा बसको ठक्करबाट एम्बुलेन्स चालकको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा स १ च ५५२ नम्बरको एम्बुलेन्सका चालक सिरहाको सुखिपुरका ४५ वर्षीय छेदीलाल कामत रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । कार्यालयका अनुसार पूर्वबाट पश्चिमतर्फ गइरहेको एम्बुलेन्सलाई विपरीत दिशाबाट आइरहेको ना ६ ख ७८९२ नम्बरको बसले ठक्कर दिएको थियो ।

दुर्घटनालगत्तै बसका चालक फरार भएको भन्दै प्रहरीले उनको खोजी जारी रहेको जानकारी दिएको छ । मृतक शव पोस्टमार्टमका लागि सिरहाको लहानस्थित जिल्ला अस्पताल पठाई घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।