इटहरीः १५ वर्षीया बालिकालाई विवाहको प्रलोभन दिई जबर्जस्ति करणी गरेको आरोपमा प्रहरीले एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मोरङको सुन्दरहरैँचा नगरपालिका ६ का २१ वर्षीय दीलिप श्रेष्ठ रहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । कार्यालयका प्रमुख प्रहरी नायबउपरीक्षक (डीएसपी) अर्जुन केसीका अनुसार अभियुक्त श्रेष्ठले गत जेठ २० गते बालिकालाई इटहरी ५ स्थित आफन्तको घरमा लगी विवाहको. प्रलोभन देखाई जबर्जस्ति करणी गरेका थिए । पहिलेदेखि परिचित बालिकालाई अभियुक्तले दुई दिन आफन्तको घरमा राखेर जबर्जस्ति करणी गरेको डीएसपी कसीको भनाइ छ ।
इटहरी प्रहरीको टोलीले सुन्दरहरैँचा ६ मै लुकिछिपी बसेको अवस्थामा अभियुक्त श्रेष्ठलाई असार २१ गते साँझ पक्राउ गरेको उनले बताए । अभियुक्त श्रेष्ठउपर जबर्जस्ति करणी अभियोगमा मुद्दा चलाउन जिल्ला अदालत सुनसरीको आदेशमा हिरासतमा राखी अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।