इटहरीः सुनसरीको धरान उपमहानगरपालिका ८ गैरीटोलबाट प्रहरीले अवैध लागूऔषध ब्राउनसुगरसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही ठाउँ बस्ने २५ वर्षीय सन्तोष लिम्बू रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईका अनुसार हिजो साँझ ६ः३० बजे इलाका प्रहरी कार्यालय धरान र १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले लिम्बूलाई घरमा लुकाइछिपाई राखेको लागूऔषध ब्राउनसुगर चार ग्रामसहित पक्राउ गरेको हो । पक्राउ परेका लिम्बूलाई ईलाका प्रहरी कार्यालय धरानको हिरासतमा राखी लागूऔषध नियन्त्रण ऐन २०३३ अनुसार कारबाहीका लागि अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।