इटहरीः सुनसरीको धरान उपमहानगरपालिका ६ तीनकुने जङ्गलबाट अवैध लागूऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनकुटा नगरपालिका ६ बस्ने २१ वर्षीय सुमन कार्की र धनकुटा नगरपालिका ९ बस्ने २१ वर्षीय सुदीप राई रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईका अनुसार हिजो साँझ ७ः०० बजे इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले इटहरीबाट धरानतर्फ गइरहेको प्र१–०६–००१प ००१८ नम्बरको मोटरसाईललाई चेकजाँच गर्दा सोही मोटरसाइकलमा सवार कार्की र राईको साथबाट अवैध लागूऔषध डाइजेल्याप ५ एम्पुल, लुपिजेसिक ५ एम्पुल, एभिल ५ एम्पुल र फेनर्गन ५ एम्पुल बरामद भएको थियो ।

अभियुक्तद्वयलाई पक्राउ गरी जिल्ला अदालत सुनसरीको आदेशमा लागूऔषध नियन्त्रण ऐन २०३३ अनुसार कारबाहीका लागि मुद्दा चलाउन हिरासतमा राखी अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।