इटहरीः सुनसरीको इनरुवा नगरपालिका ३ स्थित मुसहरी टोलमा नालामा डुबेर एक बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानीय जयप्रकाश साहका ६ वर्षीय छोरा आयुष साह रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईका अनुसार हिजो अपराहन्न ४ः१५ बजे खेल्ने क्रममा सोही स्थानमा रहेको सडकको छेउको नालीमा बालक डुबेका थिए । घटनाको जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय सुनसरीबाट प्रहरी टोली खटी गई विस्तृत अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।