कोरोना भाइरसविरुद्धको खोप लगाएपछि केहीमा सामान्य साइड इफेक्ट देखिने हुन्छ ।

जुन समयसँगै आफैँ हराएर जाने हुन्छ । तर विभिन्न साइड इफेक्टमध्ये खोप लगाएको ठाउँमा दुख्ने, कडा हुने, सुन्निने, रातो हुने तथा हात दुख्ने सामान्य हुन् र विश्वभर धेरैजसोलाई यस प्रकारको समस्या देखिएको छ । र अन्य साइड इफेक्टको तुलनामा लामो समयसम्म पनि रहन सक्छ । खोप लगाएपछि, सबैभन्दा सामान्य प्रतिक्रिया खोप दिइने ठाउँमा महसुस हुन्छ, इन्फ्लामेसन (सुन्निने) हुन्छ जसले दुखाइ निम्त्याउँछ । कोभिड खोपलाई इन्ट्रामस्क्युलर इन्जेक्सनमार्फत दिइन्छ अर्थात् सीधा मांसपेशीहरूमा इन्जेक्ट गरिने हुन्छ । जसकारण खोपले इन्जेक्सन लगाएको ठाउँमा इन्फ्लामेसन (सुन्निने प्रतिक्रिया) गराउँछ । खोप लगाएपछि खोप लगाएको ठाउँ कडा हुने, हात दुखाइ हुने, असहज अनुभव गर्नु पनि सामान्य हुनसक्छ, किनभने खोपका साइड इफेक्टहरूमा मांसपेशीमा दुखाइ, कठोरता र थकान समावेश गरिएको छ । कठोरता र दुखाइ हात कत्तिको सुन्निएको छ भन्ने कुरासँग जोडिएको हुन्छ ।

जति बढी इन्फ्लेमेसन हुन्छ, हात बढी फुल्ने र दुखाइ बढी हुनसक्छ । यही कारण कोही मानिसमा अरूभन्दा धेरै तीव्र, वा लामो समयसम्म दुखाइको अनुभव हुने गर्छ । विज्ञहरूका अनुसार दुखाइ र कडापन खोपले काम गरिरहेको छ भन्ने कुराको लागि एक मुख्य सङ्केत हुनसक्छ । खोपले शरीरमा इन्फ्लामेसन बढाएर र एन्टिबडी बनाउने बताइन्छ । उच्च स्तरको इन्फ्लामेसन भएमा खोपले पर्याप्त सुरक्षा प्रदान गर्न काम गरिरहेको राम्रो सङ्केत हो । खोप लगाएको हात दुखाइसहित धेरैजसो खोपका साइड इफेक्टहरू अस्थायी हुन्छन् र दुईदेखि तीन दिनसम्म रहन्छन् । बढी इन्फ्लामेसन भएमा वा दुखाइ भएमा समस्या खोप लगाएको पाँच दिनसम्म रहन सक्छ । खोप लगाएको एक हप्ता पछिसम्म पनि दुखाइ कम नभएमा चिकित्सकोमा जान सल्लाह दिइन्छ । -टाइम्स अफ इन्डियाबाट