इटहरीः प्रदेश १ मा आज ६३९ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

संक्रमणमुक्त हुनेमा ३०८ महिला र ३३१ पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६६ हजार ७९७ पुगेको छ । प्रदेश १ मा आज ४०३ जना कोरोना संक्रमित थपिएका छन् । झापामा १५२, सुनसरीमा १३२, मोरङमा ८६, धनकुटामा ७, संखुवासभामा ६, इलाममा ५, उदयपुरमा ३, ताप्लेजुङ र ते¥हथुममा २–२, ओखलढुङ्गामा १ र प्रदेश १ बाहिरका ७ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

झापाको विर्तामोडमा ४४, दमक र मेचिनगरमा २१–२१, भद्रपुरमा १९, अर्जुनधारामा १७, हल्दिबारीमा ९, कनकाईमा ६, बुद्धशान्ति र बा¥हदशीमा ३–३, कमल गाउँपालिका र गौरादहमा २–२, झापा गाउँपालिकामा १ र स्थानीय तह नखुलेका ४, सुनसरीको धरानमा ९२, इटहरीमा २२, बराहक्षेत्र र स्थानीय तह नखुलेका ५–५, रामधुनीमा ३, कोशी, बर्जु, हरिनगर, इनरुवा र गढीमा १–१, मोरङको विराटनगरमा ४८, केराबारीमा १४, पथरीशनिश्चरेमा १०, सुन्दरहरैचामा ४, उर्लाबारीमा ३, बुढीगंगा, कटहरी, रंगेली, लेटाङ, कानेपोखरी, धनपालथान र स्थानीय तह नखुलेका १–१, धनकुटाको धनकुटा नगरपालिकामा ४, साँघुरीगढी, छथर र स्थानीयतह नखुलेका १–१, संखुवासभाको सिलोचोङमा ५ र स्थानीय तह नखुलेका १, इलामको इलाम नगरपालिकामा २, माई, चुलाचुली र स्थानीय तह नखुलेका १–१, उदयपुरको चौदण्डीगढी, त्रियुगा र स्थानीय तह नखुलको १–१, ताप्लेजुङको फुङलिङ र स्थानीय तह नखुलेका १–१, ते¥हथुमको मेन्छेयाम र स्थानीय तह नखुलेका १–१, ओखलढुङ्गाको मानेभन्ज्याङमा १ र प्रदेश १ बाहिरका ७ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७३ हजार ८०० पुगेको छ । सक्रिय संक्रमितको संख्या ५ हजार ७ सय रहेको छ । प्रदेश १ मा आज १ हजार १९० जनाको पीसीआर परीक्षण गरिएको छ । पीसीआर परीक्षण गरिएका मध्ये १७८ महिला र २२५ पुरुषको रिपोर्ट आएको मन्त्रालयले जनाएको छ ।