इटहरीः गैरआवासीय नेपाली संघले इटहरी अस्पताललाई दुईथान अक्सिजन कन्सन्ट्रेटर प्रदान गरेको छ । आज इटहरी अस्पतालमा एक कार्यक्रमका बीच अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरिएको हो ।
इटहरी अस्पतालका मेडिकल सुपरिडेन्ट डा. योगेश चेम्जोङ्गले महामारीको समयमा एनआरएनएले इटहरी अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराएकोमा धन्यवाद दिए । इटहरी उपमहानगपालिकाका स्वास्थ्य शाखा प्रमुख घनश्याम सिग्देल,प्रेस संयोजक लीलाराज भटटराई र इटहरी अस्पताल इमरजेन्सी इन्चार्ज रामकुमार धमलाले एउटैबाट दुई जनाको उपचारमा सहयोग पुग्ने कन्सन्ट्रेटरबाट इटहरी अस्पतालको उपचार सेवामा सहयोग पुग्ने बताए ।
एनआरएनएका तर्फबाट कन्सन्ट्रेटर हस्तान्तरण गर्दै एनआरएन कतारका पूर्वसचिव टिन एन बरालले पूर्व क्षेत्रमा आठ वटा अक्सिजन हस्तान्तरण गरिने जानकारी दिए ।