बलिवुड अभिनेत्री तनिशा मुखर्जीले हालै आफ्नो जीवनबारे एक खुलासा गरेकी छन् ।

उनले आफूले ३९ वर्षको उमेरमा आफ्नो अण्ड फ्रिज गराएको खुलासा गरेकी हुन् । उनले आफूले ३३ वर्षको उमेरमै अण्ड फ्रिज गराउन चाहेपनि चिकित्सकको प्रतिकूल परामर्शका कारण पछि हटेको समेत बताइन् । एक दैनिक अखबारसँग कुरा गर्दै आफूले बच्चा नजन्माएका कारण अण्ड फ्रिज गराउनेबारे विचार गरिरहेकोमा उपयुक्त मार्गदर्शन र परामर्श पाएसँगै ३९ वर्षको उमेरमा सो काम सम्पन्न गरेको उल्लेख गरिन् । अण्ड फ्रिज गराएपछिको अवस्थाबारे बताउँदै उनले आफ्नो तौल असाध्यै बढेको सुनाइन् । अण्ड फ्रिज गर्ने प्रकृयका क्रममा शरीरमा पठाइने अत्यधिक प्रोजेस्टेरोन हर्मोनले मोटोपन बढाउने उनले बताइन् । मोटाउनुका अतिरिक्त आफूमा चमक बढ्नुका साथै आफू अझ सुन्दर देखिएको समेत उनले सुनाइन् ।

उनी विशेष अवस्थामा रहेकी गर्भवति महिलाप्रति विशेष लगाव राख्छिन् । अण्ड फ्रिज गरेपछि उनी खुसी देखिएकी छन् । यसका साथै अण्ड फ्रिज गर्ने प्रक्रियामा आफूले सामना गर्नुपरेका जटिलताबारे पनि तनिशाले बताएकी थिइन् । ३३ वर्षको उमेरमा आफूले अण्ड फ्रिज गराउन खोज्दा सोको प्रक्रियाका क्रममा शरीरलाई हानि पुग्नसक्ने भन्दै चिकित्सकले आफूलाई गर्भाधारण नगर्ने निश्चित भए मात्र अण्ड फ्रिज गराउन सुझाव दिएको उनले स्मरण गरिन् । ३९ वर्ष उमेर पुगेपछि भने उनले व्यक्तिगत इच्छा भन्दै यो प्रक्रिया अङ्गिकार गरिन् । महिलाका लागि जीवनमा सन्तान जन्माउने मात्र काम नरहने भन्दै उनी महिलाले सन्तान नजन्माउनु अत्यन्तै सामान्य कुरा भएको धारणा राख्छिन् । विवाह नगर्नु, रिलेसनसिपमा नरहनु र आफूलाई पुरुष सहयात्रीका साथमा परिभाषित नगर्नु पनि महिलााका लािग सामान्य रहेको धारणा राख्दै उनले समाजमा थुप्रै अभिभावकविहीन बालबालिकाहरु उज्वल भविष्य र अभिभावकको खोजीमा रहेकाले उनीहरुलाई अपनाउनुपर्नेमा पनि उनले जोड दिइन् । -बलिवुड हङ्गामाबाट