इटहरीः सुनसरीको बर्जु गाँउपालिका ५ टेङग्रा खोला किनारमा बाख्रा चराउन गएकी एक बालिका खोलामा डुबी बेपत्ता भएकी छन् ।

बेपत्ता हुनेमा भारतको बसमतिया घर भई हाल सीतागञ्ज बस्ने ९ वर्षीया जीवीका यादव रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईका अनुसार हिजो साँझ ५ः३० बजे सोही खोलामा डुबी बालिका बेपत्ता भएकी हुन् । घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय सीतागञ्जबाट प्रहरी टोली खटी गई खोजतालस भइरहेको प्रहरीले जनाएको छ ।