इटहरीः ताप्लेजुङ मेरिङदेन गाँउपालिका २ आजुङ टोलमा एक जनाको भीरबाट लडेर मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही स्थान घर भएका ५२ वर्षीय खेम्जु शेर्पा रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईका अनुसार गएराति १०ः३० बजे छिमेकीको बिहेबाट घर फर्कने क्रममा सोही स्थानमा रहेको खाम्दाके भीरबाट अन्दाजी २० मिटर तल खसी घाइते भएका शेर्पाको राति ११ः०० बजे मृत्यु भएको हो ।

घटनास्थलमा प्रहरी चौकी सानथाक्रा र इलाका प्रहरी कार्यालय दोभानबाट प्रहरी टोली खटी गई थप अनुसन्धान सुरु गरेको प्रहरीको भनाइ छ ।